काठमाडौं। पहिलो जितको खोजीमा रहेको नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोस्रो खेलमा आइतबार घरेलु टोली युगान्डासामु चुनौती पेस गर्दैछ।
एन्टेब्बे क्रिकेट ओभलमा खेल नेपाली समय अनुसार खेल दिउँसो १२:४५ बजे हुनेछ।
नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। नेपालका तीन ब्याटरबाहेक अन्यले दोहोरो अंकमा रन बटुल्न सकेका थिएनन्। त्यसैले नेपाल ९२ रनमै समेटिएको थियो।
युगान्डा भने लगातार दोस्रो जितको लक्ष्यमा छ। युगान्डाले पहिलो खेलमा हङकङलाई आठ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको थियो।
नेपालले र युगान्डाले यसअघि पाँच खेल खेलेका छन्।
सन् २०२२ मा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पाँच खेलको सिरिज युगान्डाले ३–२ ले जितेको थियो। त्यसयता यी दुई टोली पहिलोपल्ट भिड्न लागेका हुन्।