एनपिएलको दोस्रो संस्करण नोभेम्बरमा
शनिबार, फागुन २४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करण नोभेम्बरमा हुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार आगामी वर्षको वार्षिक क्यालेन्डर सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो।
गत पुसमा सम्पन्न पहिलो संस्करणक फाइनलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले उपाधि जितेको थियोे। दोस्रो संस्करणमा भने क्यानले मिनी अक्सन गर्ने भएको छ।
यो नेपाली फ्रेन्चाइज क्रिकेटमा पहिलोपल्ट मिनी अक्सन हुन लागेको हो। मिनी अक्सन भने अगस्टमा हुने क्यानले जनाएको छ।










-1762856022963.jpg&w=3840&q=75)




