काठमाडौं। रचिन रवीन्द्र र केन विलियम्सनको सानदार शतकसँगै न्युजिल्यान्डले च्याम्पियन ट्रफीको फाइनल प्रवेश गर्न दक्षिण अफ्रिकालाई ३६३ रनको विशाल लक्ष्य दिएको छ।
लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रन बनाएको हो।
न्युजिल्यान्डले ४८ रन बनाउँदा नै विल योङलाई गुमाएको थियो। उनले २३ बलमा तीन चौकासहित २१ रन बनाए। तर, अर्का ओपनर रचिन र केनले तेस्रो विकेटका लागि १६४ रनको विशाल साझेदारी गरे।
रचिन ३३.३ ओभरमा १०८ रन बनाउँदै पभिलियन फर्किए। उनले १०१ बलमा १३ चौका र एक छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो। यसअघि उनले बंगलादेशविरुद्ध ११२ रन प्रहार गरेका थिए।
केन भने ३९.५ ओभरमा वियान मुल्डरको बलमा लुंगी एन्गिडीबाट क्याच भए। उनले ९४ बलमा १० चौका र दुई छक्कासहित १०२ रन बनाए।
योसँगै न्युजिल्यान्ड विशाल लक्ष्यतर्फ अग्रसर भइसकेको थियो। न्युजिल्यान्डले पछिल्लो १० ओभरमा थप तीन विकेट गुमाउँदै १११ रन जोड्यो।
डैरिल मिचेल अर्धशतकबाट एक रनले चुके। ३७ बलमा चार चौका र एक छक्का प्रहार गरर्का उनी कागिसो रबाडाबाट ४९ रनमा क्याच आउट भए।
माइकल ब्रेसवेल १६ रनमा आउट हुँदा ग्लेन फिलिप्स ४९ रनमा अविजित रहे।