काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डमा वुमेन्स डे कप खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई बिदाइ गरेको छ।
क्यानले बुधबार एक कार्यक्रम आयोजना गर्दै टोलीलाई बिदाइ गरेको हो।
प्रतियोगितामा घरेलु टोलीसँगै हङकङ, नामिबिया र नेपाल सहभागी हुनेछन्।
डबल राउन्ड रोबिनमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियालाई चुनौती पेस गर्नेछ। यी दुईबीचको खेल मार्च ८ मा हुने क्यानले जनाएको छ।