काठमाडौं। सानेपास्थित रेडियन्ट रिडर्स एकेडेमीले रेडियन्ट क्रिकेट एकेडेमी सञ्चालनमा ल्याइएको छ। राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्लले बुधबार एक कार्यक्रम एकेडेमीको औपचारिक रुपमा उद्घाटन गरे।
ललितपुर महानगरपालिका वडा २ स्थित सानेपामै खोलिएको एकेडेमी करिब चार रोपनी क्षेत्रफलमा फैलिएको छ। एकेडेमी तयार गर्न करिब ३० लाख रुपैयाँ खर्च भएको एकेडेमीले जनाएको छ।
एकेडेमीको प्रशिक्षकमा राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत क्रिकेटका मुख्यप्रशिक्षक साम्संङजंघ थापा, सोनु दास र सक्षम बास्ताकोटी रहेका छन्। एकेडेमी हालै सञ्चालनमा आए पनि रेडियन्ट रिडर्सले विगत ६ वर्षदेखि विद्यार्थीलाई क्रिकेटको प्रशिक्षण गराउँदै आएको छ।
विद्यालयमा हाल १ ५० खेलाडीले प्रशिक्षण गरिरहेको जनाइएको छ। रेडियन्ट रिडर्सले क्रिकेटबाहेक टेबलटेनिस, बास्केटबल, फुटबल, पौडी, कराते र जिन्याष्टिकको प्रशिक्षक नै राखेर विद्यार्थीलाई प्रशिक्षण र प्रतियोगितामा सहभागी गराउदै आएको छ।