विराटनगर। कोशी प्रधानमन्त्री कप छनोट प्रतियोगिताको सोमबार भएको खेलमा सुनसरी र इलाम विजयी भएको छ।
कोशी प्रादेशिक क्रिकेट संघ कोशी प्रदेशको आयोजनामा वैजनाथ क्रिकेट मैदानमा भएको खेलमा सुनसरीले झापालाई चार विकेटले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको झापाले निर्धारित ४३ ओभरको खेलमा २४.३ ओभरमा सबै विकेट गुमाई ६३ रनको सामान्य स्कोरमा सीमित भएको छ।
झापाका लागि आशिष् रानामगरले सर्वाधिक १३ रनको योगदान दिए। सुनसरीका प्लेयर अफ म्याच प्रकाश कार्कीले तीन र भूपाल लुइँटेलले दुई विकेट लिए।
६४ रनको सामान्य लक्ष्य पछ्याएको सुनसरीले २५.२ ओभरमा ६ विकेट गुमाई सो लक्ष्य पार गरेको थियो। सुनसरीको जितमा सुमन घतानीले अविजित २८ रनको योगदान दिए। झापाका सिद्धान्त कमितले तीन विकेट लिए।
मेरिवोन ज्वाला विराटनगर क्रिकेट मैदानमा भएको खेलमा इलामले उदयपुरलाई १२ रनले पराजित गरेको छ। टस जितेर ब्याटिङ गरेको इलामले निर्धारित ४५ ओभरको खेलमा ३६.४ ओभरमा सबै विकेट गुमाई १६५ रनको योगफल बनायो। इलामको जितमा शिवान्स बजगाईँले सर्वाधिक ४० रनको योगदान दिए। उदयपुरका सोनु अन्सारीले तीन विकेट लिए।
१६६ रनको विजयी लक्ष्य पाएको उदयपुरले ३९.५ बलमा सबै विकेट गुमाई १५३ रनमा सीमित भयो। उदयपुरका प्रभात किरणले ३३ रनको योगदान दिँदा सोनु अन्सारीले २८ रनको योगदान दिए। इलामका प्लेयर अफ म्याच इलामका विशाल आचार्यले तीन विकेट लिँदा हेमन राई, सन्दीप ढुंगाना र वि कामतले २–२ विकेट लिए।
लिगको आधारमा खेलाइएको खेलमा कोशी प्रदेशका मोरङ, झापा, सुनसरी, इलाम र उदयपुर गरी पाँच टिम सहभागी छन्।