काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डमा वुमेन्स डे कप खेल्ने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार प्रतियोगितामा घरेलु टोलीसँगै हङकङ, नामिबिया र नेपाल सहभागी हुन लागेका हुन्। डबल राउन्ड रोबिनमा हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले नामिबियालाई चुनौती पेस गर्नेछ। यी दुईबीचको खेल मार्च ८ मा हुने क्यानले जनाएको छ।