मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पूजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’

आइतबार, फागुन १८, २०८१खेलपाटी संवाददाता
पूजा र कविता एक्स्ट्राटेकको ‘ब्राण्ड एम्बेसडर’
Classic Tech Internet Ad

बुटवल । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमका सदस्य पुजा महतो र कविता कुँवर एक्स्ट्राटेक ओवल क्रिकेट मैदानको ब्राण्ड एम्बेसडर नियुक्त भएका छन् । 

महतो र कुवँरलाई एक्स्ट्राटेकले आगामी दुई वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त गरेको हो । महतो र एक्स्ट्राटेकका प्रबन्ध निर्देशक विनोद कुवँरले आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निमार्णाधीन मैदानमा एक कार्यक्रमकावीच सम्झौता गरे ।

दुई वर्षका लागि नियुक्त गरिए पनि रकम खुलाइएको छैन । तर मासिक रुपमा महतो र कुँवरलाई रकम उपलब्ध गराईनेछ । 

एक्स्ट्राटेकका प्रबन्ध निर्देशक तथा सञ्चालक कुवँरले खेलाडीलाई खेलमा केन्द्रीत हुने वातावरण सिर्जना गर्ने उद्देश्यले महतो र कुवँरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरिएको बताए । उनले नेपाली महिला क्रिकेटको भविष्य उज्जवल रहेको र युवा खेलाडीले नियमति रुपमा खेल्ने अवसर पाएमा टेस्ट राष्ट्रको दाजोमा पुग्न सक्ने विश्वास व्यक्त गरे । 

निर्देशक कुवँरले खेलाडीहरुलाई खेल खेलेर पनि बाँच्न सकिन्छ भन्ने देखाउन र उनीहरुको हौसला बढाउन यस प्रकारको कामले प्रेरित गर्ने बताए । उनले ब्राण्ड एम्वेसडरको सम्झौतालाई निरन्तरता दिन प्रतिवद्धता जनाउँदै आगामी दिन थप अरु खेलाडीहरुलाई समेटेर लैजाने योजना रहेको बताएका छन् । 

कार्यक्रममा नेपाल क्रिकेट संघ क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंहले क्यानकै प्रोटोकलभित्र रहेर दुई नेपाली महिला खेलाडी एक्स्ट्राटेकको ब्रान्ड एम्बेसडर बनेको बताउदै यस प्रकारको सहयोगले खेलाडी र क्रिकेटको विकासका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले नीजि लगानीमा सबै सुविधायुक्त क्रिकेट मैदान निमार्ण गरी ऐतिहासिक काम गरेको अवस्थामा खेलाडीका लागि अर्को काम गरेर विनोद कुँवरले नेपाली क्रिकेटमा उत्साह थपेको बताए ।

सो अवसरमा ब्राण्ड एम्वेसडर नियुक्त भएकि महिला क्रिकेट टिमकी सदस्य पुजा महतोले यु–१९ को टिम छनौटका लागि एक्स्ट्राटेक ओवल मैदानमा गरिएको क्लोज क्याम्प आफ्नो खेल जिवनको स्वर्ण क्षण भएको स्मरण गर्दै एम्वेसडर नियुक्तीले आफुलाई हौसला र खेलमा केन्द्रीत हुने अवस्था बनेको भन्दै खुशी व्यक्त गरिन । 

महतोले यसले आफुलाई धेरै हौसला प्रदान गर्नुका साथै आफ्नो खेल जीवनमा धेरै सहयोग पुग्ने बताइन । ‘एक्स्ट्राटेकसँग सम्झौता हुँदा धेरै खुसी छु । यस्तो खाले सहयोगले हामी खेलाडीलाई हौसला मिल्छ । साथै देशका लागि अझै धेरै सफलता दिलाउने हौसला मिल्नेछ’, महतोले भनिन ।

अर्का क्रिकेट कविता कुँवरले आफू पहिलो पटक मैदानमा आएको र निकै खुशी लागेका भन्दै एक्स्ट्राटेकसँग जोडिएको सम्बन्धले आफूलाई अझ राम्रो गर्न प्रेरणा मिलेको बताइन् । एक्स्ट्राटेक ओवलले नेपालका लिजेन्ट क्रिकेट खेलाडी तथा पुरुष यु–१९ का राष्ट्रिय प्रशिक्षक शक्ति गौचनलाई यस अघि नै ब्राण्ड एम्वेसडर नियुक्त गरेको छ ।

Bajaj Pulsar Motorcycle Ad
#पूजा र कविता एक्स्ट्राटेक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

Bajaj Pulsar Motorcycle Ad
आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

आईआईएमएस कलेज काठमान्डु गोर्खाजको अफिसियल एजुकेशनल पार्टनर

एरोनले दिलाएको अग्रता जोगिएन

एरोनले दिलाएको अग्रता जोगिएन

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

१२० दिनभित्र ‘ए’ डिभिजन लिग गर्न एन्फा सहमत

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

झापा महिला गोल्डकपमा ५८ लाखको टिकट बिक्री

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

खोप नलगाएपछि अर्जेन्टिनाको टोलीबाट बाहिरिए ३ खेलाडी

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति