थ्री स्टारको जितमा भूपेन्द्र एक्लैको ४ गोल
शुक्रबार, फागुन १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। भूपेन्द्रबहादुर रावतको चार गोलसँगै थ्री स्टार क्लबले एन्फा यु–१६ युथ लिगमा सातदोबाटो युथ क्लबमाथि एकपक्षीय जित हासिल गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार सम्पन्न खेलमा थ्री स्टार ६–० ले विजयी भएको हो।
यो नतिजासँगै थ्री स्टारले शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेडसँग तीन र दोस्रो स्थानको एपिएफसँगको अंक दूरी एकमा झारेको छ। चर्च ब्वाइजको ३५, एपिएफको ३३ र थ्री स्टारको ३२ अंक छ।
सातदोबाटो भने १३ अंकसहित आठौं स्थानमा छ।
थ्री स्टारका भूपेन्द्रले सातौं, ४७औं, ७३औं र ९०औं मिनेटमा गोल गरेका हुन्।
दीलिप घलानले ४०औं र पूर्ण श्रेष्ठले ४९औं मिनेटमा गोल थपे।






-1763772456514.webp&w=3840&q=75)




-1763733911749.jpg&w=3840&q=75)

