काठमाडौं। संकटा क्लबलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबकेपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा आर्मीले संकटालाई २–१ ले पराजित गरेको हो ।
आर्मीले अब उपाधिका लागि केपी र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
आर्मीको जितमा नवयुग श्रेष्ठ र दिनेश हेम्जनले समान एक गोल गरे। संकटाका विशण गुरुङले गरेको गोल सान्त्वना रह्यो।
नवयुगले खेलको नवौं मिनेटमै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए। ६६औं मिनेटमा दिनेशले उक्त अग्रता दोब्बर बनाए।
इन्जुरी समयमा विशणले गोल गर्दै संकटालाई खेलमा फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन्।