काठमाडौं। अर्जेन्टिनाको रेसिङ क्लबले रे कोपा सुदामेरिकाना उपाधि जितेको छ।
रियो दि जेनेरियोस्थित निल्टन सान्तोस स्टेडियममा बिहीबार भएको खेलमा रेसिङले ब्राजिलको बोटाफोगोलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को जित हासिल गर्दै उपाधि चुमेको हो।
रे कोपा सुदामेरिकाना पछिल्लो कोपा सुदामेरिकाना विजेता र प्रतिष्ठित कोपा लिबर्टाडोरेस विजेताबीच खेलिने प्रतियोगिता हो। यो रेसिङ क्लबको पहिलो सुदामेरिकाना उपाधि हो।
माटियास जाराचोले खेलको ५०औं मिनेटमा पाहुना टोली रेसिङका लागि पहिलो गोल गरे। ब्रुनो जुकुलिनीले ६९औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।