इलाम। दोस्रो ओएसिस अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको उद्धघाटन खेलमा आयोजक र पदमा स्पोर्टिङ क्लब ओखलढुंगा भिड्ने भएका छन्।
क्लब ओएसिसको आयोजनामा इलामको ठूलो टुँडिखेलमा सञ्चालन हुने खेलमा आयोजकले ओखलढुंगा प्रतिद्धन्द्धी पाएको हो।
प्रतियोगितामा नेपाल र भारतका गरी कुल आठ टिम सहभागी छन्। प्रतियोगिताको विजेताले उपाधिसहित नगद चार लाख हात पार्नेछ भने उपविजेताले दुई लाखसहित प्राप्त गर्ने बताइएको छ।
प्रतियोगितामा विभागीय टिम एपिएफ, त्रिभुवन आर्मी, नेपाल पुलिस, बागमती युथ क्लब, क्लब ओएसिस, पदमा, मदर टेरेसा उत्तर प्रदेश भारत र मानेभञ्ज्याङ एफसी दार्जिलिङ सहभागी छन्।
प्रतियोगिताको फाइनल फागुन २४ गते हुनेछ। गत संस्करणको प्रतियोगिता दीपेन्द्रशिखर एफसीलाई हराउँदै मानेभञ्ज्याङले उपाधि जितेको थियो।