काठमाडौं। गोलकिपर दीप कार्की अनसोल्ड भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनले यसअघि पोखरा थन्डर्स र विराटनगर सिटी एफसीबाट एनएसएल खेलेका थिए।
उनको न्यूनतम मूल्य दुई लाख थियो। यसअघि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु, उमेरसमूहका जियारथ शेख र नेपाल पुलिस क्लबबा शत्रुधन चौधरी बिक्री भएका थिएनन्। यस्तै पूजन होना पनि ब्रिकी हुन सकेनन्।
यसअघि बुटवल लुम्बिनी एफसीबाट खेलेका थिए। तर, तेस्रो संस्करणका लागि उनी चार लाख रुपैयाँमा काठमाडौंले भित्र्याएको हो। उनलाई भित्र्याउन ललितपुर एफसीले पनि बोलि लगाएको थियो। तर, काठमाडौंले गोलाप्रथाबाट आफ्नो बनायो।