काठमाडौं। युवा गोलकिपर क्रिशल मोक्तान पोखरा थन्डर्स पुगेका छन्।
नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणको मिनी अक्सन ललितपुरमा जारी छ। उनी ‘बी’ क्याटोगोरीमा थिए। नेपाली उमेरसमूहको गोलपोस्ट सम्हाल्दै आएका उनले पहिलोपल्ट व्यवसायिक लिग खेल्न लागेका हुन्।
उनले न्यूनतम मूल्य एक लाख ५० हजार थियो। तर, गोला प्रथाबाट उनलाई पोखराले दुई लाख रुपैयाँमा भित्र्याएको हो। उनलाई ललितपुर सिटी एफसीले पनि बोलि लगाएको थियो।
जारी अक्सनमा बिक्री हुने उनी तेस्रो गोलकिपर हुन्। यसअघि एञ्जल श्रेष्ठलाई झापा एफसी र टिकेन्द्र थापालाई बुटवल लुम्बिनी एफसीले भित्र्याएको थियो।