काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) को मिनी अक्सनमा तीन गोलकिपर अनसोल्ड भएका छन्।
एनएसएलको अक्सन ललितपुरमा जारी छ। हालसम्म अक्सनमा पाँच गोलकिपरको नाम पुलबाट तानिएको थियो। तर, तीमध्ये टिकेन्द्र थापा र एञ्जल श्रेष्ठ मात्रै बिक्री भएका हुन्। टिकेन्द्रलाई बुटवल लुम्बिनी एफसीले लिएको हो।
उनी ‘बी’ क्याटोगोरीमा थिए। उनलाई बुटवलले दुई लाखमा भित्र्याएको हो। यस्तै, एञ्जललाई भने झापा एफसीले दुई लाखमा गोला प्रथाबाट भित्र्याएको हो।
यसअघि नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका गोलकिपर विकेश कुथु, र उमेरसमूहका जियारथ शेख र नेपाल पुलिस क्लबबा शत्रुधन चौधरी बिक्री भएका थिएनन्।