काठमाडौं। फरवार्ड भरत खबास अनसोल्ड भएका छन्।
नेपाल सुपर लिग (एनएसएल) को अक्सन ललितपुरमा जारी छ। उनी ‘ए’ क्याटोगोरीमा थिए। उनी यसअघि इलाम डे मेची एफसीबाट एनएसएल खेलेका थिए। तर, न्युनतम दुई लाख रुपैयाँ मूल्य राखेका भरतलाई कुनै टोलीले किन्न चाहेनन्।
त्रिभुवन आर्मी क्लबबाट बिक्री नहुने उनी तेस्रो खेलाडी हुन्। यसअघि फरवार्ड नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथु बिक्री भएका थिएनन्।