काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले युगान्डा भ्रमणका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले मंगलबार उनीहरूलाई बोलाएको हो। क्यानका अनुसार नेपालले युगान्डासँग ६ मार्चदेखि १७ मार्चसम्म शृंखला खेल्नेछ।
बन्द प्रशिक्षणमा सना प्रविण, सिमाना केसी र रिया शर्माले पहिलोपल्ट स्थान बनाएकी छन्। यी खेलाडीले नेपाललाई एसिया कप र आइसिसी यु–१९ विश्वकपमा पुर्याएका थिए।
अन्य भने पुरानै अनुहार दोहोरिएका छन्।