जोकोभिकलाई कीर्तिमानी सातौं पटक अष्ट्रेलियन ओपनको उपाधि
आइतबार, १३ माघ २०७५खेलपाटी संवाददाता

एजेन्सी । विश्व नम्बर एक नोभाक जोकोभिकले अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् ।
मेलबर्नमा आइतबार भएको फाइनलमा फ्रान्सका स्पेनिस राफायल नाडाललाई हराउदै जोकोभिकले उपाधि जितेका हुन् ।
मेलबर्न पार्कमा सर्बियन जोकोभिकले दोस्रो वरियताका नाडाललाई ६-३,६-२ र ६-३ को सेटमा पराजित गरे । नाडाललाई हराउन जोकोभिकलाई २ घण्टा ४ मिनेटको समय निकाले ।
यो संगै जोकोभिकले कीर्तिमानी सातौं पटक अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् ।
महिलातर्फको उपाधि जापानकी नाओमी ओसाकाले शनिबार नै जितेकी थिईन् ।





-1776255486335.jpeg&w=3840&q=75)




-1776781891908.jpeg&w=3840&q=75)

-1776776604257.jpeg&w=3840&q=75)
-1776769465143.jpeg&w=3840&q=75)

