काठमाडौं। मिडफिल्डर प्रशान्त लक्षमले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करण झापा एफसीबाट खेल्ने भएका छन्।
झापाले उनलाई आगामी संस्करणका लागि रिटेन गरेको हो। गत संस्कणर पहिलोपटक सहभागिता जनाएको झापाले पाँचौं स्थानमा रहेर लिग अन्त्य गरेको थियो।
युवा टोलीबाट नेपालको प्रतिनिधित्व गरिसकेका प्रशान्तलाई झापाले ‘बी’ क्याटोगोरीबाट रिटेन गरिएको हो।
यसैगरी झापाले प्रवेश कटुवाललाई प्रशिक्षण जिम्मेवारी दिइसकेको छ।