काठमाडौं। रजत पाटीदारले इन्डिन प्रिमियर लिग (आइपिएल)मा रोयल च्यालेन्जर्स बैंगलोरको कप्तानी गर्ने भएका छन्।
आइपिएल मार्च २१ देखि सुरु हुनेछ। सन् २०२२ देखि २०२४ सम्म फाफ डु प्लेसिसले बैंगलोरको कप्तानी जिम्मेवारी लिएका थिए। तर, उनी बाहिरिएसँगै बैंगलोरको कप्तानी पद खालि रहेको थियो।
त्यसयता फेरि एक पटक नेतृत्व विराट कोहलीले बैंगलोरको कप्तानी गर्ने अपेक्षा गरिएको थियो। तर, पाटीदारलाई बैंगलोरले बिहीबार नयाँ कप्तानमा नियुक्त गरेको हो।
सन् २०२१ मा बैंगलोरमा अनुबन्ध भएदेखि उनले तीन सिजनका २८ खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७९९ रन बनाएका छन्। नोभेम्बरमा भएको मेगा अक्सनअघि बैंगलोरले रिटेन गरेका तीन खेलाडीमध्ये ३१ वर्षीय पाटीदार एक थिए।
आइपिएलमा यो उनको पहिलो कप्तानी कार्यकाल भए पनि सन् २०२४–२५ को सय्यद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीको सिजनमा आफ्नो राज्य टोली मध्य प्रदेशको कप्तानी गरिसकेका छन्। घरेलु क्रिकेटमा कप्तानको रूपमा यो प्रतियोगिता उनको पहिलो पूर्ण कार्यकाल थियो।
उनी सैयद मुश्ताक अली ट्रफीमा दोस्रो सर्वाधिक रन बनाउने खेलाडी थिए , जहाँ उनले नौ इनिङ्समा ६१.१४ को औसत र १८६.०८ को स्ट्राइक रेटमा ४२८ रन बनाए। विजय हजारे ट्रफीमा उनले ५६.५० को औसत र १०७.१० को स्ट्राइक रेटमा २२६ रन बनाए ।
बैंगलोरले अहिलेसम्म आइपिएलको उपाधि जितेको छैन। यद्यपि, बैंगलोरले तीन पटक फाइनल खेलेका छन् र अन्तिम पटक २०१६ मा खेलेको थियो। बैंगलोरले पछिल्ला पाँच सिजनमा चार पटक प्लेअफमा स्थान बननाएको छ।