काठमाडौं। भारतले तेस्रो एकदिवसीयमा इङ्ल्यान्डलाई १४२ रनको ठूलो अन्तरले पराजित गरेको छ।
यससँगै टोलीले एकदिवसीय शृंखला ३–० ले ‘क्लिन स्वीप’ गर्यो। अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बुधबार भारतले दिएको ३५७ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले जवाफमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै २१४ रन मात्रै बनाउन सक्यो।
भारतीय ओपनर शुभमन गिलले शतक प्रहार गरे। श्रेयस अय्यरले ७८, विराट कोहलीले ५१ र केएल राहुलले ४० रन बनाए। हर्षित राणा, हार्दिक पाण्ड्या, अक्षर पटेल र अर्शदीप सिंहले २–२ विकेट लिए।
इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन्, आदिल रशिदले चार विकेट लिए।