वेस्टर्न क्रिकेट क्लबले जित्यो रुपन्देही सुपर क्रिकेट लिग
बुटवल। नरेन साउदको अलराउन्ड प्रदर्शनप्रेरित वेस्टर्न क्रिकेट क्लबले रुपन्देही सुपर लिग क्रिकेट प्रतियोगिता जितेको छ।
मंगलबार सम्पन्न खेलमा वेस्टर्नले लुम्बिनी खुकुरी क्लबलाई ३९ रनले पराजित गरेको हो। वेस्टर्नले दिएको २२६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ३८ ओभरमा सबै विकेट गुमाउँदै १८६ रन मात्रै बनाउन सक्यो।
लुम्बिनीका निश्चल चौधरीले सर्वाधिक ४३ रन बनाए। २८ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। भुवन खत्री २८, प्रज्ज्वल थापा २३ र सम्मर अली २१ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।
वेस्टर्नका नरेन साउदे सर्वाधिक चार विकेट लिए। आठ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिए। देव खनाल र सुझाव थापाले समान दुई विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको वेस्टर्नले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै २२५ रन बनाएको थियो।
वेस्टर्नका नरेनले सर्वाधिक ६६ रन बनाए। ७६ बल खेलेका उनले १० चौका प्रहार गरे। देव खनाल ४६, रञ्जित खड्का २१ र नीरकुमार गुप्ता २० रनमा आउट हुँदा सन्देश थापा २२ रनमा अविजित रहे।
लुम्बिनीका अजयकुमार चौहानले सर्वाधिक पाँच विकेट लिए पनि टोलीलाई जित दिलाउन सकेनन्। आठ ओभर बलिङ गरेका उनले ३८ रन खर्चिएका थिए। भुवन कार्कीको नाममा दुई विकेट रह्यो।
खेलको म्यान अफ द म्याच वेस्टर्नका नरेन नै रहे।










-1762856022963.jpg&w=3840&q=75)




