काठमाडौं। सिवाइसी अत्तरियाका अलराउन्ड विकककुमार यादव अर्जुन ट्रफीको उत्कृष्ट खेलाडी घोषित भएका छन्।
कैलालको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा सोमबार सम्पन्न फाइनलमा अत्तरियाले फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई ३४ रनले पराजित गर्दै उपाधि हात पारेको थियो।
पहिलो संस्करणमै अत्तरियालाई उपाधि दिलाउन ब्याटिङतर्फ पाँच इनिङ्समा १५२ रन बनाए। बलिङतर्फ भने उनले १० विकेट लिए। उनले एक लाख रुपैयाँ प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट बलर र ब्याटर भने डडेलधुराका कुशल भुर्तेल भए। उनले प्रतियोगितामा सर्वाधिक १३ विकेट लिए। ब्याटिङतर्फ भने उनले १६८ रन बनायो। उनी नै सर्वाधिक रनकर्ता बने।
प्रतियोगिताको उदीयमान खेलाडी भने डिसिए धनगढीका हिक्मत महरा रहे। कुशलले एक लाख पाउँदा हिक्मतले ५० हजार रुपैयाँ प्राप्त गरे।