काठमाडौं। दुबई क्यापिटलसँग पराजित भएसँगै नेपाली अलराउन्डर कुशल मल्लसम्मिलित डेजर्ट भाइपर्स दुबई इन्टरनेसनल लिग टी–२० मा उपविजेतामा सीमित भएको छ।
आइतबार राति सम्पन्न फाइनलमा दुबईले भाइपर्सलाई चार विकेटले पराजित गर्दै उपाधि जितेको हो। भाइपर्सले दिएको १९० रनको लक्ष्य पछ्याएको दुबईले चार बल बाँकी रहँदा ६ विकेट गुमाउँदै १९१ रन बनायो।
दुबईलाई उपाधि दिलाउन रोभन पावेलले सर्वाधिक ६३ रन बनाए। ३८ बल खलेका उनले सात चौका र तीन छक्का प्रहार गरे।
शाई होपले ३९ बलमा दुई चौका र एक छक्का प्रहा गरे। दासुन शंकर २१ रनमा आउट हुँला सिकन्दर रजा ३४ रनमा अविजित रहे।
भाइपर्सका मोहम्मद अमीर र डेभिड पाएनेले समान दुई विकेट लिए। साम कुरन र नाथन साउटरको नाममा समान एक विकेट रह्यो।
त्यसअघि पहिला ब्याटिङ थालेको भाइपर्सले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८९ रनको योगफल तयार गरेको थियो।
भाइपर्सका म्याक होल्डेनले सर्वाधिक ७६ रन बनाए। ५१ बल खेलेका उनले १२ चौका प्रहार गरे।
कप्तान कुरनले अविजित रहँदै ६२ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे। अजाम खान २७ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।
दुबईका ओबेड म्याकोइले दुई विकेट लिए। हैदर अली र रजाको नाममा समान एक विकेट रह्यो।