महोत्तरी जिल्ला पालिकास्तरीय छनोट क्रिकेट सोमबारदेखि
आइतबार, माघ २७, २०८१खेलपाटी संवाददाता

जलेश्वर। महोत्तरी जिल्ला पालिकास्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ। जिल्ला क्रिकेट संघ महोत्तरीले आइतबार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो।
संघका अध्यक्ष रोशनकुमार सिंहका अनुसार प्रतियोगितामा जिल्लाका सात पालिका र थप एकसहित आठ वटा टिमले सहभागिता जनाउने जानकारी दिए। महोत्तरी गाउँपालिकास्थित महोत्तरी स्कुल रंगशालामा हुने सो प्रतियोगितामा महोत्तरी गाउँपालिका, भंगहा नगरपालिका, मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, बलवा नगरपालिका, लोहारपट्टी नगरपालिका र महोत्तरी जिल्ला ११ टोलीका खेलाडीहरूले प्रतिस्पर्धा गर्ने जनाइएको छ।
खेल ओडी फर्म्याटमा हुनेछ।










-1762856022963.jpg&w=3840&q=75)




