शनिबार, भदौ २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
  4. /
  5. राखेप घटनाको ३४ खेल संघद्धारा भर्त्सना

राखेप घटनाको ३४ खेल संघद्धारा भर्त्सना

२०२५ फेब्रुअरी ८, शनिबारखेलपाटी संवाददाता

राखेप घटनाको ३४ खेल संघद्धारा भर्त्सना

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवको कार्यकक्षमा भएको तोडफोडको ३४ राष्ट्रिय खेल संघले भर्त्सना गरेका छन्।

शनिबार ३४ खेल संघका अध्यक्ष तथा महासचिवले संयुक्त विज्ञप्ति निकाल्दै राखेपमा सदस्य सचिवको कार्यकक्षमा भएको हुलहुज्जत र तोडफोडको भर्त्सना गरेका हुन्। 

संयुक्त प्रेस विज्ञप्तिमा हस्ताक्षर गर्दै ३४ खेल संघले घटनाको छानबिन गरी दोषी उपर कडा कारबाही गर्न अपिल समेत गरेका छन्।

‘सदस्य सचिवको कार्यकक्षमा केही अराजक व्यक्तिहरू प्रवेश गरी अभद्र व्यवहार तथा गालीगलौच गर्दै राज्यको सम्पत्ति तोडफोड गरेको घटनाको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ, ‘यसरी नेपाली खेलकुदको सर्वोच्च निकायमा भएको अराजक गतिविधिको राष्ट्रिय खेल सङ्घहरू घोर भर्त्सना गर्दछौं।’ 

शुक्रबार मध्यान्न अवैधानिक रूपमा नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी भएका उसुका लाक्पा छिरिङ लामा नेतृत्वको टोलीले राखेप सदस्यसचिवको कार्यकक्षमा पुगेर तोडफोड गर्नुका साथै अभद्र व्यवहार गरेका थिए। 

उसुसहित पाँच खेल संघका पदाधिकारीलाई राखेपले आफ्नो निर्देशनविपरीत राष्ट्रिय खेल संघ/महासंघको नामबाट कानुनमै नभएको पद र जिम्मेवारीलाई आफ्नो भएको झूटा विवरण पेस गरी प्रतिनिधित्व गरेको उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन अनुसार कारबाहीको तयारी गरेको छ। 

राखेपले कारबाहीको तयारी गरेपछि उसुका लामा पदाधिकारी र केही खेलाडीको झुन्ड बोकेर सदस्यको कार्यकक्षमा पुगेर तोडफोडदेखि सदस्य सचिवमाथि अभद्र व्यवहार गरेका थिए। 

खेलकुदको कार्यकारी निकायमाथि हुलहुज्जत भएपछि राखेपमा आबद्ध ३४ खेल संघले घटनामाथि रोष प्रकट गर्दै दोषीमाथि कारबाहीको दबाब बढाएका हुन्। 

ओलम्पिकको अवैधानिक निर्वाचनमा सहभागी हुने खेल संघ र पदाधिकारीमाथि कारबाहीको तयारी भएपछि सम्बद्ध खेलका पदाधिकारीले राखेप नेतृत्वलाई तारो बनाएका छन्।

 

#राखेप घटना
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

मोरङमा एएफसी 'सी' लाइसेन्स कोचिङ कोर्स       

Bhat Bhateni
नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

एमबाप्पे चम्किँदा रियलको जित

एमबाप्पे चम्किँदा रियलको जित

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

भविष्य खोज्दै बंगलादेश लागे नेपाली खेलाडी

शीर्ष स्थानमा उक्लियो आर्सनल

शीर्ष स्थानमा उक्लियो आर्सनल

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

अझै भेटिदैनन् एन्फा अध्यक्ष र महासचिव !

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

एक साताको विश्रामपछि पुनः प्रशिक्षणमा फर्किए मेसी

दुई छाक टार्न आइपुगेको छु

दुई छाक टार्न आइपुगेको छु

‘नेयमार फिट भए समस्या छैन’

‘नेयमार फिट भए समस्या छैन’