काठमाडौं। महावीर क्लबलाई पराजित गर्दै क्रिकेट एक्सिलेन्स सेन्टर प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा प्रवेश गरेको छ।
शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा क्रिकेट एक्सिलेन्सले चार रनको रोमाञ्चक जित हात पारेको हो। क्रिकेट एक्सिलेन्सले दिएको ९० रनको लक्ष्य पछ्याएको महावीर सबै विकेट गुमाउँदै ८४ रनमै समेटियो।
महावीरका सोनु देवकोटाले सर्वाधिक १९ रन बनाए। राकेश कर्ण १२ र प्रतिश जिसी ११ रनमा आउट भए। क्रिकेट एक्सिलेन्सका लागि युगान्त खत्रीले सर्वाधिक तीन विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको क्रिकेट एक्सिलेन्सले २० ओभरमा सबै विकेट गुमाउँदै ८९ रन बनाएको थियो। क्रिकेट एक्सिलेन्सका रणवीर यादवले सर्वाधिक १८ रन बनाए।
प्रशान्त पण्डित र स्वरुप श्रेष्ठले समान ११ रन बनाए। महावीरका हिमाल चन्दले सर्वाधिक तीन विकेट लिए।