काठमाडौं। नेपालमाथि सानदार जित निकाल्दै पाहुना टोली थाइल्यान्डले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला जितेको छ। शुक्रबार सम्पन्न खेलमा थाइल्यान्डले घरेलु टोली नेपाललाई सात विकेटले पराजित गरेको हो।
थाइल्यान्डले पाँच खेलबाट १० अंक पुर्याउँदै शृंखला आफ्नो पोल्टमा पारेको हो। नेदरल्यान्ड्सको भने आठ अंक रह्याे। नेपालले भने जितविहीन रहँदै शृंखला सक्काएको छ। नेपालले प्रस्तुत गरेको ८२ रनको लक्ष्य थाइल्यान्डले तीन ओभर बाँकी छदै तीन विकेट गुमाएर पूरा गर्यो।
थाइल्यान्डकी कप्तान नारुइमोल चाइवाईले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन्। ३४ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्।नानापात कोन्चारोइन्काई २३, नताया बुचाथन ११ र अफिसरा सुवानचोनराथी पाँच रनमा आउट हुँदा फन्निता माया नौ रनमा अविजित रहिन्।
नेपाली कप्तान इन्दु बर्माले दुई र पूजा महतोले एक विकेट लिए पनि नेपाललाई जित दिलाउन सकिनन्।