काठमाडौं। घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलाअन्तर्गत अन्तिम खेलमा थाइल्यान्डलाई ८२ रनको सामान्य लक्ष्य दिएको छ।
र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ८१ रन बनाएको हो।
नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १७ रन जोडिन् । उनले २९ बलमा एक चौका प्रहार गरिन्। मध्यक्रमकी ब्याटर कविता जोशीले १४ रन बनाउँदा कप्तान इन्दु बर्माले १० रनको योगदान गरिन्।
थाइल्यान्डकी ओनिचा कामचोम्फुले तीन विकेट लिइन्।