एजेन्सी । जापानकी नोआमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।
शनिबार भएको फाइनलमा चेक गणतन्त्रकी पेट्रा कोभिटोभालाई हराउँदै ओसाका च्याम्पियन बनेकी हुन् ।
मेलबर्नमा ओसाकाले पेट्रालाई ७-६ (७-२),५-७ र ६-४ को सेटमा हराईन । योसंगै ओसाकाले करियरको दोस्रो ग्राण्डस्लाम टेनिसको उपाधि जितेकी छिन् ।
यसअघि ओसाकाले युएस ओपन जितेकी थिईन ।
यो उपाधिसंगै ओसाका विश्व नम्बर १ महिला खेलाडी बनेकी छिन् । चौथो वरियतामा रहेकी ओसाकाले पहिलो पटक वरियताको शीर्ष स्थान हासिल गरेकी हुन् ।
ओसाकाले चेकगणतन्त्र कै कारोलिना प्लिस्कोभालाई हराएर फाइनलमा स्थान बनाएकी थिईन । पेट्राले अमेरिकी खेलाडी रोस कोलिनलाई हराएकी थिईन ।