बिहिबार, ०७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. विद्यालय खेलकुद
Loading ad...
Bhat Bhateni Supermarket Ad

सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई

शनिबार, १९ माघ २०८१खेलपाटी संवाददाता
सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टललाई
Loading ad...
mustang rice ad

धनगढी। ई–प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ।

धनगढीस्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भूषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेसनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो। सुदूरपश्चिम छनोटबाट विजेताको रूपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ। 

राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भूषणले निर्धारित १० ओभर ब्याटिङ गरेता पनि ४ विकेट क्षतिमा ७० रन मात्र बनाउन सक्यो। विद्या भूषणको लागि नवीन शाहले सर्वाधिक २० रन बनाए। उनले १७ बलमा ३ चौका प्रहार गरे। प्रशान्त दमाईले १६ तथा रोशन विक र विवेक दुवालले समान ११ रन बनाए।

वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा १०३ रन बनाएको थियो।

वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै चौथो नम्बरमा ब्याटिङ गरेका दीपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए। शंकर बोहराले ११ रन बनाए। विद्या भूषणका रोशन विकले २ तथा विवेक दुवाल र नवीन शाहले १/१ विकेट लिए।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

भूपू सैनिक वालिङ सेमिफाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन डुओ चेस शनिबार

हिमालयन डुओ चेस शनिबार

क्यापिटल्सलाई उपाधि

क्यापिटल्सलाई उपाधि

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

१४ वर्षपछि जावलाखेल आहा! रारा गोल्डकपको फाइनलमा

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

अस्ट्रेलिया टोलीमा पहिलेको जस्तो ‘ओरा’ रहेन !

 चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

चापाकोट र शब्द चिन्तन सेमिफाइनलमा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

प्रतियोगिताको सुखद् अन्त्यतिर अफगानिस्तान र क्यानडा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनल र रियल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा

आर्सनलले बराबरी खेल्दिँदा सिटीलाई फाइदा