काठमाडौं। सभापति कपमा संयुक्त रूपमा तीन खेलाडी ‘सर्वाधिक गोलकर्ता’ घोषित भए।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिययोगितामा न्युरोड टिम (एनआरटी)का कप्तान अञ्जन विष्ट तथा कृतिशरत्न छुन्जु र अबेक रिचर्ड संयुक्त रूपमा सर्वाधिक गोलकर्ता बनेका हुन्। उनीहरूले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।
अञ्जनले फ्रेन्ड्स क्लबविरुद्धको ३–१ को जितमा दुई गोल गरेका थिए। यस्तै, कृतिशले आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती)विरुद्ध पुनरागमन दिलाउन दुई गोल गरेका थिए।
उनले गरेको दुई गोलसँगै एनआरटी खेलमा फर्किएको थियो र खेल टाइब्रेकरमा पुगेको थियो। तर, एनआरटी टाइब्रेकरमा ४–२ ले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको थियो।
रिचर्डले भने चर्च ब्वाइज युनाइटेडविरुद्धको पहिलो खेलमा संकटालाई ३–० को जित दिलाउँदा दुई गोलको योगदान दिएका थिए।