घरेलु मैदानमै लड्खडायो लिभरपुल

काठमाडौं। लिभरपुल प्रिमियर लिगमा फेरि एकपटक घरेलु मैदानमै लड्खडाएको छ।
लगातार दोस्रो सिजन नटिङ्घम फरेस्टले एन्फिल्डमा ३-० को जित निकाल्दै रेलिगेसन जोनबाट बाहिर निस्किएको छ। नुनो एस्पिरिटो सान्टो र एन्ज पोस्टेग्लुको बर्खास्तगीपछि तेस्रो प्रशिक्षकसहित अघि बढिरहेको फरेस्टका लागि यो सिजनको पहिलो निरन्तर दोस्रो जित (ब्याक–टु–ब्याक) हो।
लिभरपुलको उपाधि रक्षा अभियान भने सिजनको बिचमा नपुग्दै नै संकटमा परेको छ। सेप्टेम्बर २० पछि लिगमा उसले एक खेलमात्र जित्न सकेको छ, जसले खराब फर्मलाई अझ स्पष्ट बनाएको छ।
कप्तान भर्जिल भान डाइकको सबै निराश हुनुपर्ने प्रतिकृया दिए। ‘सबै निराश छन्, हुनुपर्छ पनि। किनकि घरमै नटिङ्घम फरेस्टसँग हार्नु निकै खराब प्रदर्शन हो। यसबारे म यति मात्र भन्न सक्छु,’ उनले भने।
यसपटकको पराजय अझ ठूलो हुनसक्थ्यो। पहिलो हाफमा इगोर जिससले गरेको गोल हात लागेको कारण रद्द गरियो। यदि मान्य भएको भए फरेस्टले अग्रता दोब्बर बनाइसक्थ्यो।
३३औं मिनेटमा मुरिलोले बक्सभित्रबाट दिएको चिप्लो प्रहारले पाहुना टोलीलाई अग्रता दिलाइसकेको थियो।
दोस्रो हाफ सुरु भएको एक मिनेटमै सावोनाले गोल गरेपछि फरेस्टले खेलमा पूर्ण नियन्त्रण जमायो। लिभरपुलले फर्कने संकेत दिँदै आक्रमण बढाए पनि ७८औं मिनेटमा गिब्स–ह्वाइटले गोल गर्दै फरेस्टको जित सुनिश्चित गरिदिए।
घाइते भएर टिमबाहिर रहेका गोलकिपर अलिसन बेकरको पुनरागमन तथा एक महिनापछि पहिलोपटक सुरुदेखि खेलिरहेका ब्रिटिश–रेकर्ड साइनिङ एलेक्जान्डर इसाक पनि लिभरपुलको कमजोर प्रदर्शन रोक्न असमर्थ रहे।
इसाक ६८औं मिनेटमा परिवर्तन गरिए। सेप्टेम्बरमा साउथह्याम्पटनविरुद्ध गरेको एकमात्र गोलपछि लगातार ६ खेल लिभरपुल गोलविहीन रहँदै आएका छ।







-1763853774420.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)
