साम्बाले इन्डोनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका

काठमाडौं। नेपाली राष्ट्रिय महिला टोलीकी गोल मसिन सावित्रा भण्डारीले इन्डनेसियामा हुने थ्री नेसन्स कप खेल्नेमा आशंका बढेको छ।
न्यजिल्यान्डको क्लबमा अस्ट्रेलियन लिग निन्जा ‘ए’ खेल्न पुगेकी साम्बाले गत साता घुँडा चोट बोकेकी थिइन्। त्यसैलै उनी मैदान उत्रिन पाएकी छैनन्। त्यसैले नोभेम्बर २६ देखि डिसेम्बर २ सम्म घरेलु टोली र चाइनिज ताइपेइविरुद्ध हुने खेल खेल्न उनी नेपाल आएकी छैनन्।
मिडिफल्डर रेनुका नगरकोटेका अनुसार साम्बा आउने वा नआउने अझै पक्का भइसकेको छैन। ‘साम्बा इन्जुरीको कारण नआउने भन्ने कुरा पनि आइरहेको छ। साम्बा टिमको लागि एकदमै चाहिने खेलाडी हुन्,’ उनले भनिन्।
साम्बाले हालसम्म ६६ अन्तर्राष्ट्रिय गोल गरिसकेकी छन्। उनको अनुपस्थिति टोलीलाई घाटा पुग्ने रेनुकाको भनाइ छ।
नेपालले पहिलो खेल नोभेम्बर २६ मा घरेलु टोलीसँग खेल्नेछ। डिसेम्बर २ मा भने चाइनिज ताईपेइसँग खेल्ने तय भएको छ।






-1763772456514.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)



-1763733911749.jpg&w=3840&q=75)