काठमाडौं। संकटा क्लबका गोलकिपर दीप कार्की सभापति कपको ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भएका छन्। योसँगै उनले ७५ हजार रुपैयाँ प्राप्त गरेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा संकटाले टाइब्रेकरमा आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) लाई ४–३ ले पराजित गर्दै उपाधि जितेको थियो।
दीपले संकटालाई उपाधि दिलाउन आफैंले एक गोल गरे। त्यस्तै, कुलदीप कार्की र गौरव श्रेष्ठको प्रहार रोके। नकआउट प्रतियोगिताको सेमिफाइनलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ ले पराजित गरेको थियो। उक्त खेलमा पनि दीपले नै आयुष घलानको प्रहारलाई रोक्दै संकटालाई फाइनलमा पुर्याएका थिए।
यस्तै, उदीयमान खेलाडी सन्दीप कार्की घोषित भए। उनले २५ हजार रुपैयाँ प्राप्त गरे।