काठमाडौं । पहिलो संस्करणको सभापति कप फुटबलको फाइनलमा ए डिभिजन क्लब संकटा र आयोजकले बनाएको लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती)बिच प्रतिस्पर्धा हुँदैछ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ साढे ५ बजे सुरु हुनेछ । माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए । पहिलो संस्करणको उपाधि विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ नगदै पाउने छ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशि हो ।
नकआउट प्रतियोगिताको सेमिफाइनलमा संकटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।