सहिद गेटमा सभापति कपको ट्रफी अनावरण
बुधबार, माघ १६, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सभापति कप फुटबल प्रतियोगिताको ट्रफी सहिद गेटमा अनावरण गरिएको छ।
सहिद दिवसको अवसर पारेर सभापति कप निर्देशन समितिका संयोजक एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतले ट्रफी अनावरण गरेका हुन्।
माघ १० गतेदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगिता अन्तिम चरणमा पुगेको छ। सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको फाइनल खेलमा संकटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) आमनेसामने हुने छन्।








-1763853774420.webp&w=3840&q=75)




