बास्केटबलमा चेल्सी, फुटसलमा ब्रम्हकुञ्ज च्याम्पियन

काठमाडौं। चेल्सी वर्ल्ड स्कुलले अन्तरविद्यालय बास्केटबल र ब्रम्हकुञ्ज शिक्षा सदनले फुटबल प्रतियोगिताको उपाधि जितेको छ। चेल्सी वर्ल्ड स्कुलको आयोजनामा चौथो अन्तरविद्यालय फुटसल र बास्केटबल प्रतियोगिता मंगलबार सम्पन्न भएको हो।
गोकर्णेश्वरको अत्तरखेलमा माघ ७ गतेबाट प्रतियोगिता सुरु भएको थियो। प्रतियोगितामा ब्रम्हकुञ्ज शिक्षा सदनले फुटसलतर्फ यु–१० र यु–१३ उमेर समूहमा चेल्सी वर्ल्ड स्कुललाई पराजित गर्दै च्याम्पियन बन्यो। निस्ट स्कुलले फेयरप्ले अवार्ड पायो।
फाइनलमा चेल्सीका नर्बु साङबो म्यान अफ द म्याच हुँदा ब्रम्हकुञ्जका विश्वास गिरी प्रतियोगिताको उच्च स्कोरर, चेल्सीका समृद्ध कुँवर उत्कृष्ट गोलकिपर र चेल्सीकै रेयन श्रेष्ठ प्लेयर अफ द टुर्नामेन्ट बने। यु–१० मा ड्याफोडिलले फेयरप्ले पायो।
त्यस्तै फाइभभीफाइभ बास्केटबलमा चेल्सीले चान्दबाघ स्कुललाई हराएर च्याम्पियन बन्यो। नेमोनिक स्कुल फेयर प्ले अवार्ड पायो। चेल्सीका तेन्जिङ खुसाङ शेर्पा फाइनलको म्यान अफ द म्याच बन्दा डेनिसा थापा मोस्ट भ्यालुएबल खेलाडी बनिन्।
थ्री बाइ थ्री बास्केटबलमा भने बाल दीक्षा सदनलाई हराउँदै बौद्ध इन्टरनेशनल स्कुलले बाजी मार्यो। त्यस्तै थ्री बाइ थ्री बास्केटबलमा मिल्स बेरी स्कुलले चेल्सीलाई हराउँदै च्याम्पियन बन्यो।
यसै गरी छात्रातर्फको बास्केटबल प्रतियोगितामा चेल्सी वर्ल्ड स्कुलले चाँदबाग स्कुललाई फाइनल खेल हराउँदै उपाधि चुमेको छ।