विराटनगर। उच्च माध्यमिक शिक्षालय संघ (हिसान) मोरङले आयोजना गरेको खेलसप्ताह अन्तरगत मगलबार भएको क्रिकेट खेलमा विजयी हुँदै ग्रिनल्यान्ड फाइनलमा प्रवेश गरेको छ।
त्यस्तै बास्केटबलको उपाधि विकेभिएम कलेजले जित्दा भलिबलको उपाधि कानितपुर र रेड स्टारले जित हात पारेको छ। वैजनाथपुर क्रिकेट मैदानमा भएको अन्तिम सेमिफाइनल खेलमा २ वर्षपछि हिसान खेलेको ग्रिनल्यान्ड कलेजले विकेभिएम कलेजलाई ५६ रनले पराजित गर्दै फानलमा प्रवेश गरेको छ। अव फाइनलमा ग्रिनल्यान्डले गत संस्करणको उपविजेता अरनिको कलेजसँग बुधबार प्रतिस्पर्धा गर्ने छ।
टस जितेर ब्याटिङ गरेको ग्रिनल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय १७ रन बनाएको थियो। ग्रिनल्यान्डका सन्जिव शर्माले ३६ रन बनाउँदा रजनिस यादवले २४ रन, गणेश यादवले २१ रन र कृष्ण सहनीले ११ रनको योगदान दिए। विकेभिएमका आकाश चौधरीले ३ विकेट लिँदा आदित्य प्रसाई पनि ३ विकेट लिए।
जवाफमा १ सय १८ रनको चुनौती पाएको विकेभिएमले १५ होभरमा सवै विकेट गुमाई ६१ रनमा सिमित भयो। विकेभिएमका अमन शर्माले १४ रर जोड्दा सचिन्द्र यादवले १३ रन जोडे। ग्रिनल्यान्डका प्लेयर अफ म्याच गौरीशैकर माझीले ४ ओभरमा १६ रन दिएर ६ विकेट लिँदा फैजल अन्सारीले २ विकेट लिए।
मंगलबार भएको बास्केटबलको फाइनल खेलमा विकेभिएम कलेजले शिक्षादिप कलेजलाई ३७–९ को अन्तरले पराजित गर्दै उपाधि जितेको छ। प्लेयर अफ फाइनल विकेभिएमका आकाश यादव घोषित भए।
भलिबलको छात्रर्फको फाइनल खेलमा कान्तिपुर कलेजले रेड स्टार कलेजलाई २५–१४, २५–१४ र २५–९ को सोझो सेटले पराजित गरि उपाधि जितेको छ। प्लेयर अफ फाइनल कान्तिपुरका सुदिप राई घोषित भए।
त्यस्तै छात्रातर्फको फाइनलमा रेडस्टार कलेजले मोडर्न एरा कलेजलाई २५–२३ र २५–२२ को सोझो सेटले पराजित गरि उपाधि जितेको छ। प्लेयर अफ द फाइनल रेड स्टारकी स्मृती राई घोषित भइन्।