थ्री स्टार र चर्च ब्वाइजले अंक बाँडे
मंगलबार, माघ १५, २०८१खेलपाटी संवाददाता

काठमाडौं। एन्फा यु–१६ युथ लिगमा थ्री स्टार क्लब र चर्च ब्वाइज युनाइटेड मंगलबार गोलरहित बराबरीमा रोकिएका छन्।
सातदोबाटोस्थित एन्फा एन्फा कम्प्लेक्समा मंगलबार दुवै टोलीले पाएका केही अवसरलाई सदुपयोग गर्न सकेनन्। बराबरीसँगै आठ खेलमा १९ अंक जोडेको चर्च ब्वाइज दोस्रो स्थानमा छ। थ्री स्टार समान खेलबाट १७ अंकका साथ तेस्रो स्थानमा छ।








-1763853774420.webp&w=3840&q=75)




