काठमाडौं। सडनडेथमा पराजित हुँदै मच्छिन्द्र फुटबल क्लब सभापति कपबाट बाहिरिएको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा सोमबार भएको सेमिफाइनलमा संकटा फुटबल क्लबले मच्छिन्द्रलाई सडनडेथमा ८–७ ले पराजित गरेको हो। योसँगै संकटा फाइनलमा पुगेको छ।
सडनडेथमा संकटाका राम थापा, सृजन क्षेत्री, सन्तोष खत्री, साम कालोस, दीप कार्की, अबेक रिचर्ड, रोशन पहारी र बोयटेङ इमानुवेलले गोल गरे। चन्दन दासको पेनाल्टी मच्छिन्द्रका गोलकिपर प्रदीप भण्डारीले बचाए ।
मछिन्द्रका समीरराज थोकर, दीवाकर चौधरी, सनिश श्रेष्ठ, ओमोलाजा करिम, देवेन्द्र तामाङ, छिरिङ गुरुङ, विमल घर्तीमगरले गोल गरे। तर, आयुष घलानको प्रहार दीप कार्कीले रोके भने दयानन्द सिंहको प्रहार बाहिरियो।