काठमाडौं। सातदोबाटो युथ क्लबले एन्फा यु–१६ युथ लिगमा एफसी खुमलटारविरुद्ध कठिन जित हात पारेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार सम्पन्न खेलमा सातदोबाटो ३–२ ले विजयी भएको हो। जितसँगै सातदोबाटोले आठ खेलबाट १२ अंक जोडेको छ। पराजित खुमलटारको समान खेलबाट तीन अंक छ।
सातदोबाटोलाई जित दिलाउन आयुश खड्का, एल्बिन लिम्बू र रमेश खत्रीले समान एक गोल गरे। एक गोल भने सातदोबाटोले उपहार स्वरुप खुमलटारलाई दिएको थियो। खुमलटारका प्रियशन महतले एक गोल गरे।
१२औं मिनेटमा आयुशको गोलमार्फत सातदोबाटोले अग्रता लिएको थियो। २५औं मिनेटमा रुपेश भण्डारीबाट आत्मघाती गोल हुँदा खुमलटार खेलमा फर्कियो।
३०औं मिनेटमा एल्बिनले गोल गर्दा सातदोबाटोले २–१ को अग्रता लियो। ३१औं मिनेटमा रशेमले अर्को गोल थप्दै सातदोबाटोलाई मजबुत अवस्थामा पुर्याएका थिए। तर, ७४औं मिनेटमा प्रियशनले गोल गर्दै खेल ३–२ मा ल्याए। यद्यपि, खुमलटारलाई त्यो गोल पर्याप्त हुन सके।