रियललाई ५ गोल हान्दै बार्सिलोनाले जित्यो महिला स्पेनिस सुपर कप
सोमबार, माघ १४, २०८१खेलपाटी संवाददाता

काठमाडौं। इवा पाजोरको दुई गोलसँगै बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै महिला स्पेनिस सुपर कपको उपाधि जितेको छ। सोमबार बिहान भएको खेलमा बार्सिलोनाले रियललाई ५–० ले पराजित गरेको हो।
क्लबकी एलेक्सिया पुटेलास, क्यारोलिन हेन्सेन र पट्री गुइजारोले पनि गोल गर्दै बार्सिलोनालाई लगातार चौथो र कुल पाँचौं सुपर कप उपाधि दिलाए।
लेगानेसको बुत्राके स्टेडियममा भएको फाइनल खेलमा पट्री गुइजारोलाई म्यान अफ द म्याच घोषित गरियो। महिला फुटबलमा स्पेनिस सुपर कप बार्सिलोनाको यस सिजनको पहिलो उपाधि हो।








-1763853774420.webp&w=3840&q=75)




