आइतबार, मंसिर ८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको ७ गोल

सोमबार, माघ १४, २०८१खेलपाटी संवाददाता
भ्यालेन्सियाको पोस्टमा बार्सिलोनाको ७ गोल
Classic Tech Internet Ad

काठमाडौं। बार्सिलोना आइतबार भ्यालेन्सियालाई ७–१ को विशाल अन्तरले पराजित गर्दै स्पेनिस लिगमा लय फर्किएको छ। खेलको सुरूआती २४ मिनेटमै बार्सिलोनाका चार फरक खेलाडीले गोल गरे।

फ्रेङ्की डे जोङले खेलको तेस्रो मिनेटमा गोल गर्दै सुरूआत गरे। आठौं मिनेटमा फेरान टोरेसले अग्रता दोब्बर बनाए भने १४औं मिनेटमा राफिन्हाले गोल थपे। २४औं मिनेटमा फर्मिन लोपेजले अर्को गोल गरे।

पहिलो हाफको इन्जुरी समयमा लोपेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ५–० को अग्रता दिलाए। भ्यालेन्सियाका लागि ५९औं मिनेटमा ह्युगो डुरोले सान्त्वना गोल फर्काए। तर, ६६औं मिनेटमा रोबर्ट लेवान्डोवस्की र ७५औं मिनेटमा सिजार तारेगाको आत्मघाती गोलमार्फत थप दुई गोल गर्दै बार्सिलोनाले जित पक्का गर्‍यो।

यस जितसँगै बार्सिलोना दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा तीन अंकले पछि छ भने शीर्ष स्थानमा रहेको रियल मड्रिडभन्दा सात अंकले पछि छ। रियलले शनिबार भालाडोलिडविरुद्ध किलियन एमबाप्पेको ह्याट्रिकसहित ३–० को जित निकालेको थियो। एट्लेटिको शनिबार भिल्लारियलसँग १–१ को बराबरीमा रोकिएको थियो।

‘हामी लिगमा राम्रो गरिरहेका थिएनौं। त्यसैले जितको जरुरी थियो,’ फर्मिन लोपेजले भने,‘हामीले अझै संघर्ष गर्नुपर्नेछ।’ बार्सिलोना च्याम्पियन्स लिग, कोपा डेल रे र स्पेनिस सुपर कपमा लगातार जित निकाल्दै आएको थियो। तर, लिगका पछिल्ला चार खेलमा जितविहीन रह्यो।

जर्मन प्रशिक्षक हान्सी फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले १०० गोल पुर्‍याएको छ। छोटो समयमा यो उपलब्धी हासिल गर्ने दोस्रो प्रशिक्षक बनेका छन्। फ्लिकको नेतृत्वमा बार्सिलोनाले ३२ खेलमा १०१ गोल गरेको छ। सन् १९५० को दशकमा हेलेनियो हेरेराले ३१ खेलमा यो कीर्तिमान बनाएका थिए।

लुइस एन्रिक र टिटो भिलानोवाले ३४ खेलमा यो उपलब्धि हासिल गरेका थिए भने पेप गार्डिओलाले ३७ खेलमा १०० गोल पूरा गरेका थिए।

बार्सिलोनाले पछिल्ला पाँचमध्ये चार खेलमा पाँच वा सो बढी गोल गरेको छ। यसअघि बार्सिलोनाले च्याम्पियन्स लिगमा बेन्फिकालाई ५-४ ले हराएको थियो। कोपा डेल रेमा रियल बेटिसलाई ५-१ ले र स्पेनिस सुपर कपमा रियललाई ५-२ ले पराजित गरेको थियो।

भ्यालेन्सिया लिगको २० टोलीको सूचीमा १९औं स्थानमा छ। यो खेलमा भ्यालेन्सियाका डिफेन्डर मोक्टार डियाखाबी गम्भीर घुँडाको चोटका कारण ११ महिनापछि मैदानमा फर्किएका थिए।

‘यस खेलबाट पाएको एक मात्र सकारात्मक पक्ष डियाखाबीको पुनरागमन हो,’ भ्यालेन्सियाका प्रशिक्षक कार्लोस कोरबेरेनले भने, ‘हामी सबैलाई थाहा छ उनी हाम्रो लागि कति महत्त्वपूर्ण छन्।’

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

Bajaj Pulsar Motorcycle Ad
एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

एनपीएलमा सट्टाबाजी, धमाधम पक्राउ पर्दै भारतीय नागरिक

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

चुक्यो सिटी

चुक्यो सिटी

घरेलु मैदानमै लड्खडायो लिभरपुल

घरेलु मैदानमै लड्खडायो लिभरपुल

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

क्याम्प न्याउ फर्किएको बार्सिलोनाको सानदार जित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित

एसियन कप छनोटको पहिलो खेलमै नेपाल पराजित