काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपको बोर्ड बैठक आगामी मंगलबार बस्ने भएको छ ।
सदस्य सचिव टंकलाल घिसिङले मंगलबार परिषदको १ सय २० औं बोर्ड बैठक बोलाएका हुन् ।
मंगलबारको बोर्ड बैठकमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको एजेण्डा मुख्य छ ।
दशौं राष्ट्रिय खेलकुदको तयारीको सन्दर्भमा छलफल र निर्णय गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीले बैठक आह्वान गरेका छन् ।
बैठकमा राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका र दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई मुख्य एजेण्डा बनाईएको छ ।
परिषद्ले कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि ३० गतेसम्म आयोजना गर्ने घोषणा गरेको छ ।