काठमाडौं। एकिनिस केइ बाफोरले इन्जुरी समयको अन्तिम सेकेन्डमा गोल गर्दै आयोजक बागमती लोकतान्त्रिक क्लब सभापति कपको सेमिफाइनलमा पुर्याएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न तेस्रो क्वार्टरफाइनल खेलमा बागमतीले विभागीय टोली नेपाल पुलिस क्लबमाथि २–१ को पुनरागमन जित हात पारेको हो।
बागमतीको जितमा बाफोर र अमित तामाङले गोल गरे। सुजन मगरको गोल सान्त्वना रह्यो।
२९औं मिनेटमा सुजनको पुलिसले अग्रता लिएको थियो । तर, ५२औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै बागमतीलाई खेलमा फर्काए। निर्धारित समयसम्म खेल ११ को बराबरीमा थियो।
पेनाल्टी सुटआउटतर्फ धेकेलिँदै गएको खेलको इन्जुरी समयको अन्तिम सेकेन्डमा बाफोरले गोल गरे।