सनिशको निर्णायक गोलमा मच्छिन्द्र सेमिफाइनलमा
शुक्रबार, माघ ११, २०८१खेलपाटी संवाददाता

काठमाडौं। खेल सकिन केही समय बाँकी रहँदा सनिश श्रेष्ठले गरेको गोलसँगै मच्छिन्द्र सभापति कपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले विभागीय टोली एपिएफलाई १-० ले पराजित गरेको हो।
योसँगै फाइनल प्रवेश गर्न मच्छिन्द्रले संकटा फुटबल क्लबसँग भिड्ने छ।
यही मैदानमा बिहीबार भएको पहिलो क्वार्टरफाइनलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३-० ले हराउँदै संकटाले सेमिफाइनल यात्रा तय गरिसकेको थियो।
बराबरीतर्फ उन्मुख खेलको इन्जुरी समयमा सनिशले गोल गरेका हुन्। उनले एपिएफबाटै लिग खेलेका थिए।







-1763904378702.png&w=3840&q=75)






