काठमाडौं। सर्वाधिक पुरस्कार राशि रहेको सभापति कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेड र संकटा फुटबल क्लब भिड्दैछन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुने खेल अपरान्ह्र ३ बजे सुरु हुनेछ। नकआउटका आधारमा हुने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्दैछन्।
यो खेलको विजेताले क्वार्टरफाइनलमा मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली एपिएफ क्लबबीचको विजेतासँग खेल्ने छन्। यो खेल शुक्रबार यही मैदानमा ३ बजे हुने तय छ।
प्रतियोगिताको विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिले जनाएको छ।