काठमाडौं। चौथो जित निकाल्दै विभागीय टोली नेपाल पुलिस क्लब एन्फा यु–१६ युथ लिगमा तेस्रो स्थानमा उक्लिएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा पुलिसले सातदोबाटोमाथि ८–० को फराकिलो जित हात पारेको हो। योसँगै पुलिसले ६ खेलबाट १३ अंक पुर्याएको छ। समान खेलबाट सातदोबाटोको ६ अंक छ।
पुलिसको जितमा समीर कुमार र नवीन गौतमले ह्याट्रिक पूरा गरे। किरणराज गिरी र रोहन पोख्रेल मगरको नाममा समान एक गोल रह्यो।