सुस्माको ह्याट्रिकमा वालिङलाई एक जित
मंगलबार, माघ ८, २०८१खेलपाटी संवाददाता

काठमाडौं। सुस्मा तामाङको ह्याट्रिकसँगै वालिङ नगरपालिका एन्फा महिला लिगअन्तर्गत फाइनल राउन्डमा एक जित लिएर घर फर्किएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा वालिङले प्लेअफमा पुगिसकेको बागमती युथ क्लबमाथि ३-१ को जित हात पारेको हो। जितसँगै वालिङले तीन अंकमा चित्त बुझायो।
पाँच टोली सहभागी प्रतियोगितामा बागमती चौथो हुँदै यसअघि नै इलिमिनेटरमा प्रवेश गरिसकेको थियो। बागमतीले आठ खेलबाट चार अंक बटुल्यो। वालिङ भने तीन अंकसहित प्रतियोगिताबाट बाहिरियो।
खेलको ४३औं मिनेटमा साहारा लिम्बूको गोलमार्फत बागमतीले सुरुआती अग्रता लिएको थियो। तर, उक्त अग्रता धेरै बेर टिक्न सकेन। सुस्माले ५६,६८ र ८५औं मिनेटमा गोल गर्दै बागमतीलाई हर चखाइन्।








-1763904378702.png&w=3840&q=75)




